जडेजाको प्रशंसा गरे पनि भारतीय ब्याटिंगसँग असन्तुष्ट सौरभ गांगुली

IMG-20250716-WA0073

नयाँ दिल्ली: पूर्व भारतीय कप्तान सौरभ गांगुलीले लर्ड्समा भएको तेस्रो टेस्ट म्याचमा ईंग्ल्याण्डविरुद्ध भारतको मामूली अन्तरले हारमाथि निराशा व्यक्त गरेका छन्। भारतले रोमाञ्चक तेस्रो टेस्ट म्याचमा केवल २२ रनले हारको सामना गर्नु परेको थियो। यस हारको साथ भारत ५ वटा टेस्ट म्याचको सीरीजमा १-२-ले पछाड़िन पुग्यो कारण भारतले अन्तिम दिन १९३ रनको सानो लक्ष्यलाई पनि हासिल गर्न सकेन। गांगुलीको भनाइअनुसार, सीरीजको पहिलो २ वटा टेस्ट म्याचमा ब्याटिंग एकाईको प्रदर्शनको आधारमा उनलाई तेस्रो टेस्टमा भारतीय टीमबाट असल प्रदर्शनको आशा थियो। उनले भने, सीरीजको पहिलो २ वटा टेस्ट म्याचको प्रदर्शनको आधारमा म तेस्रो टेस्टमा भारतीय ब्याटरहरूका प्रदर्शनसँग निराश छु कारण १९० रन बनिनु पर्ने थियो। हामीले रविन्द्र जडेजाले संघर्ष गरेको अनि रन बनाएको देख्यौं। यसैकारण म अन्य ब्याटरहरूका प्रयासले निराश छु कारण हामीसँग तेस्रो टेस्ट जितेर सीरीजमा २-१-को बढ़त हासिल गर्ने असल मौका थियो।
उल्लेखनीय छ, १९३ रनको लक्ष्यलाई पीछा गर्दै जडेजाले अविजित ६१ रन बनाए पनि भारतको दोस्रो ईनिंग्स ७४.५ ओभरमा १७० रनमा समाप्त भएको थियो। जडेजाले म्याचको पहिलो ईनिंग्समा पनि ७२ रनको योगदान दिएका थिए। यस अलराउण्डरले सीरीजको शुरुवातदेखि नै असल फर्ममा ब्याटिंग गरिरहेका छन्। गांगुलीले जडेजाको प्रतिबद्धता र निरन्तरताको प्रशंसा गर्दै भने, जडेजा असाधारण रहेका छन्। उनले आफ्नो ब्याटिंगद्वारा पूरा टीमलाई प्रेरित गरेका छन्। यस्तो प्रदर्शन जारी रहे उनले अझ केही सालसम्म भारतको निम्ति खेल्न सक्नेछन्। जडेजाले लगभग ८० वटा टेस्ट र २०० भन्दा अधिक वनडे म्याच खेलिसकेका छन्। उनी ब्याट र बल मात्र नभएर फील्डिंगको साथ पनि म्याच विजेता खेलाड़ी हुन्। यही खुबीहरूले उनलाई टीमको अभिन्न हिस्सा बनाएको छ। उल्लेखनीय छ, भारत र ईंग्ल्याण्डबीच सीरीजको चौथो टेस्ट म्याच २३ जुलाईदेखि ओल्ड ट्रेफर्डमा शुरु हुनेछ। त्यस म्याचमा भारतको लक्ष्य जीतको साथ सीरीजमा फर्किने हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement