बिर्तामोड़: चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’को गीत सार्वजनिक भएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो।
लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ। संगीत लेखु सहयात्रीकै रहेको छ। गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ।
गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ। महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन्। गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन्। भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ।