नयाँ दिल्ली: भारत ए पुरुष हकी टीमले यूरोप यात्रामा लगातार दोस्रो हारको सामना गर्नु पऱ्यो। भारतीय टीमलाई मंगलवार खेलिएको म्याचमा ईंग्ल्याण्डले ३-२-ले पराजित गऱ्यो। यस रोमाञ्चक म्याचमा भारत ए टीमबाट मनिन्दर सिंह र उत्तम सिंहले गोल गरे। भारतीय प्रशिक्षक शिवेन्द्र सिंहले भने, हामीलाई यात्राको शुरुवाती ३ वटा म्याचमा जीत हासिल भयो अनि अहिले लगातार २ वटा कठिन म्याचमा हारको सामना गर्नु पऱ्यो। यात्रामा समयको साथ म्याचहरू कठिन हुँदै जाने हामीलाई थाहा छ। हामीले अझ २ वटा मजबूत टीमविरुद्ध ३ वटा म्याच खेल्नु छ। बिहीवार एण्टवर्पमा बेल्जियमविरुद्ध म्याच रहेको छ। त्यसपछि आइण्डहोवेनमा नीदरल्याण्डविरुद्ध १८ र २० जुलाईमा म्याच रहेको छ।