डोपिंगको मामिलामा ब्रिटिश टेनिस खेलाड़ी तारा मूरमाथि ४ सालको प्रतिबन्ध

IMG-20250716-WA0071

नयाँ दिल्ली: ब्रिटिश टेनिस खेलाड़ी तारा मूरमाथि ४ सालको प्रतिबन्ध लगाइएको छ। प्रदर्शन-वर्धक दवाईहरूको सेवनको निम्ति उनलाई निलम्बित गरिनु पर्ने इण्टरनेशनल टेनिस इण्टिग्रिटी एजेन्सी (आईटीआईए)-को तर्कमाथि अदालतले सहमति व्यक्त गरेको छ। मूरलाई अप्रेल २०२२-मा एनाबोलिक स्टेरोयड बोल्डेनोन र नेण्ड्रोलोनको निम्ति परीक्षणमा पोजिटिभ पाइएको थियो तर एउटा स्वतन्त्र न्यायाधिकरणले यो परिणाम कोलम्बियामा एउटा टुर्नामेण्टको अवधि दूषित मासु खाएको हुनाले भएको बताएर खेलाड़ीलाई डिसेम्बर २०२३-मा आरोपबाट मुक्त गरेको थियो। आईटीआईए-ले त्यस फसेलाविरुद्ध अपील गरेको थियो, जसमा नेण्ड्रोलोनसँग सम्बन्धित निष्कर्षहरूमाथि ध्यान केन्द्रित गरिएको थियो। यसपाली खेल पञ्चाट न्यायालयले आईटीआईए-को पक्षमा फसेला सुनायो। आईटीआईए-का सीईओ करेन मूरहाउसले भने, आईटीआईए-को निम्ति प्रत्येक मामिलामा व्यक्तिगत तथ्यहरू र परिस्थितिहरू अनुसार विचार गरिन्छ। प्रथम दृष्टान्त निर्णयविरुद्ध अपील गर्नुपछि हाम्रो मानदण्ड उच्च छ अनि निर्णयलाई हल्कामा लिइँदैन। यस मामिलामा खेलाड़ीले आफ्नो नमूनामा रहेको नेण्ड्रोलोनको उच्च स्तरलाई पर्याप्त रूपले स्पष्ट नगरेकी हाम्रो स्वतन्त्र वैज्ञानिकको सल्लाह थियो। निर्णय त्यही स्थितिको अनुरूप रह्यो। ३२ वर्षीय मूर वर्तमानमा एकलमा ८६४औं र युगलमा १८७औं स्थानमा रहेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement