दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा मंगलवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा (सेकेण्ड डीविजन लीग) डीएम अफिसले धजिया युनाइटेड एफसीविरुद्ध ८–१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एल्विन गुरुङले ४ र उमेश राईले २ गोल गरे। यसबाहेक प्रविण थापा र कुणाल तामाङ ले १–१ गोल गरे। यसरी दार्जीलिङ पुलिस र संकटा एफसी-बीच खेलिएको दोस्रो म्याच (प्रीमियर डीविडन) ३–३ ले ड्र रह्यो। दार्जीलिङ पुलिसको तर्फबाट वांगचुक तामाङले २ र शुभम लामाले १ गोल गरे। यसरी संकटा एफसी को तर्फबाट अनमोल राईले २ र सदीप दर्जीले १ गोल गरे।










