राजधानीमा अन्तर-मिडिया प्रचार समन्वय समितिको बैठक

IMG-20250715-WA0156

गान्तोक: पत्र सूचना कार्यालय, गान्तोकको तत्त्वावधानमा सूचना तथा जनसम्पर्क विभाग गान्तोकको सम्मेलन हलमा अन्तर-मिडिया प्रचार समन्वय समितिको बैठक आयोजना गरियो। बैठकमा सिक्किम सरकारको आईपीआर विभागीय निर्देशक उमेश सुनाम र पीआईबी तथा क्षेत्रीय समाचार एकाइ, आकाशवाणी गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्मा विशेषरुपमा उपस्थित थिए। यस अवसरमा बोल्दै सुनामले भने, आईएमपीसीसीको उद्देश्य केन्द्रीय र राज्य मिडिया एकाइहरू, सार्वजनिक उपक्रम र अन्य सङ्गठनहरूद्वारा गरिएका विभिन्न गतिविधि र पहलहरूलाई प्रदर्शित गर्नु हो। उनले एक मजबुत जनसम्पर्क नेटवर्क विकसित गर्नुपर्ने महत्त्वमाथि बल दिए तथा राम्रो मिडिया एकीकरण र तालमेलले वाञ्छित परिणाम प्राप्त हुने कुरामा जोड दिए। सुनामले आईपीआरडीद्वारा प्रदान गरिने विभिन्न प्लेटफर्महरूको पनि रूपरेखा प्रस्तुत गरे, जसको उपयोग विभिन्न विभागहरूले आफ्नो आउटरिच गतिविधिहरूलाई विस्तारका लागि गर्न सक्ने बताए। अर्कोतिर शर्माले प्रचार प्रयासहरूमा आपसी समन्वय र सहयोगको महत्त्वपूर्ण भूमिकामाथि जोड दिए। उनले केन्द्र सरकारका सङ्गठनका प्रतिनिधिहरूलाई आवश्यक समन्वयलाई सहज बनाउन आ-आफ्नो विभागीय आउटरिच गतिविधि वा कार्यक्रमहरूको बारेमा अग्रिम जानकारी गराउन आग्रह गरे। शर्माले व्यापक दर्शकहरूसम्म पुग्नका लागि डिजिटल प्लेटफर्महरूको उपयोगको महत्त्वमाथि पनि जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement