गेजिङ: गेजिङ जिल्लाको क्योङसा खेल मैदानमा आयोजित जिल्लास्तरीय ६४ प्रि-सुब्रतो कप २०२५ फुटबलको छनौट खेल समाप्त भयो। गेजिङ जिल्लाको खेलकूद एवं युवा मामिला विभागको पहलमा आयोजित प्रतियोगिता लाङगाङ माध्यमिक विद्यालय वनाम डीएसएलएम वरिष्ठ माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो। जसमा लाङगाङ विद्यालयले शून्यकोविरूद्ध दुई गोल गरेर विजयी बन्दै राज्यस्तरको प्रतियोगितामा सहभागी बन्ने अवसर पाएऐको छ।











