शिक्षा र कृषि विभागको स्थायीकरण प्रक्रियामा भाजपाको प्रश्न

IMG-20250715-WA0154

गान्तोक: राज्य सरकारको शिक्षा र कृषि विभागमा सरकारद्वारा तय गरिएको सेवाकल पूरा गरेर पनि केही अस्थायी कर्मचारीहरूले कथित रुपमा स्थायीकरणको आदेशपत्र प्राप्त नगरेकोमा भारतीय जनता पार्टी, सिक्किमले कड़ा आपत्ती जनाएको छ। यस सम्बन्धमा पार्टीका दुई नेता साङ्गे ग्याछो भोटिया र चेतन सापकोटाले विभागका शीर्ष अधिकारीहरूसित भेट गरेर पीड़ित कर्मचारीहरूको पक्षमा कुरा राखेका छन्।
विभागका अधिकारीहरूसँगको कुराकानीमा आफूहरूले पीड़ित कर्मचारीहरूको गुनासो विस्तृत रुपमा बताएको भोटिया र सापकोटाले प्रेस विज्ञप्ती जारी गरेर बताएका छन्। अधिकारीहरूले पनि आफूहरूको कुरालाई ध्यानपूर्वक सुनेर सकरात्मक पहलको आश्वासन दिएको उनीहरूको भनाइ रहेको छ। तथापि, अधिकारीहरूले अस्थायी कर्मचारीहरूको स्थायीकरण आदेशमा रोक लगाएको दावीलाई ठाड़ो अस्विकार गर्दै सरकारको नियम कानूनअनुसार सबै अस्थायी कर्मचारी समयमा स्थायी बन्ने बताएको पनि भाजपा नेताहरूको भनाइ रहेको छ।
स्थायी नोकरीको आदेशपत्र नपाएका अस्थायी कर्मचारीहरूलाई यथाशीघ्र न्याय दिनुपर्ने सिक्किम प्रदेश भाजपा-को माग रहेको छ। पीड़ित कर्मचारीहरूले न्याय नपाएसम्म आफूहरू चुपलागेर नबस्ने पार्टीका नेताहरू साङ्गे ग्याछो भोटिया र चेतन सापकोटाले चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement