गान्तोक: राजभवनको आशीर्वाद भवनमा आयोजित एक भव्य कार्यक्रमबीच “एनसीसी गभर्नर पदक समारोह” आयोजना गरियो। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुरले राष्ट्रिय सेवामा उत्कृष्ट योगदान पुर्या उँदै आएका एनसीसी क्याडेटहरूलाई सम्मान गरे। यस अवसरमा शिक्षा, खेलकुद तथा युवा मामिला विभागीय मन्त्री राजु बस्नेत विशिष्ट अतिथिकारूपमा उपस्थित थिए। राज्यपालले आफ्नो सम्बोधनमा भने, एनसीसी क्याडेटहरू राष्ट्रको अमूल्य सम्पत्ति हुन्। बाल्यकालदेखि नै सेवाको भावना जगाउन सकिए निश्चित रूपमा राष्ट्रप्रतिको प्रतिबद्धता विकास गर्न सकिन्छ। उनले अझ भने, सिक्किम भौगोलिक रूपमा सानो राज्य हुन सक्छ, तर यहाँका एनसीसी एकाइहरूले राष्ट्र निर्माणमा योगदान पुर्याकएको समर्पण र ऊर्जा अत्यन्तै प्रेरणादायी छ। सिक्किमले दस हजारभन्दा बढी क्याडेटहरूलाई तयार पार्ने कार्य गरेर सम्पूर्ण देशको लागि उदाहरण बनाएको बताए। युवाहरूलाई प्रोत्साहित गर्दै उनले आगामी २०४७ सम्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतका वाहकको रूपमा सेवा गर्ने आग्रह गरे। शिक्षामन्त्री बस्नेतले युवाहरूलाई नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वको मूल्यमान्यता जगाएर राष्ट्र निर्माणमा सक्रिय रूपमा योगदान दिन आह्वान गरे। यस अवसरमा नाम्ची एनसीसी गायक समूहका देशभक्तिपूर्ण गीतहरूले सबैलाई प्रेरित गरेका थिए। राष्ट्रिय गीतबाट शुरु भएको समारोहमा शिक्षा विभागका आयुक्त तथा सचिव राज यादवले स्वागत भाषण दिए। यसबीच दार्जीलिङ र सिक्किम एनसीसी समूहका कमाण्डर ब्रिगेडियर मुकेश गुरुङले एनसीसी गतिविधिहरूबारेमा विस्तृत जानकारी गराए। यस समारोहमा १५ स्वर्ण, १५ रजत र ७ कांस्य पदक सहित कुल ३७ पदक प्रदान गरिएको थियो। आजको समारोहमा सिक्किम बटालियन, गान्तोकका कमान्डिङ अफिसर कर्नल पंकज कुमार, सिक्किम बटालियन, गान्तोकका कमान्डिङ अफिसर कर्नल आदित्य वर्मा, सिक्किम बटालियन, गान्तोकका कमान्डिङ अफिसर कर्नल डीडी पाण्डे, सिक्किम बटालियन, नाम्चीका कमान्डिङ अफिसर, उच्च शिक्षा सचिव किजोम भोटिया, विद्यालय शिक्षा सचिव टाशी छोपेल विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।










