मंगन: मंगन जिल्लाका वुथ लेवल अधिकारी साथै बीएलओ सुपर भाइजरहरूलाई लिएर आजदेखि दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रस्थित चुनाउ विभागको प्रेक्षागृहमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा जिल्लापाल अनन्त जैन, महकुमा अधिकारी रिञ्छेन दोर्जी भोटिया लगायत सम्वन्धि विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल जैनले चुनाउ प्रक्रियाको क्रममा बीएलओहरूको जिम्मेवारी साथै भूमिकाबारे प्रकाश पारे। उनले थप जानकारी गराए अनुसार बीएलओहरूले ग्रामीणस्तरमा मतदाता दर्ता र प्रमाणीकरण गर्न मेरुदण्डको रूपमा काम गर्दै आइरहेको र यसलाई निरन्तरता दिनु पर्ने बताए। मतदाताहरूको नामवाली सुनिश्चित गर्न उनीहरूको लगनशीलता कठोर परिश्रम रहेको बताउँदै उनीहरूको इमान्दार प्रयासले मात्र सही मतदाताहरूको सूची अघि आउन सक्ने मन्तव्य प्रकट गरे। सोही क्रममा ईआरओ काबिले निर्वाचन प्रक्रियामा बीएलओहरूको महत्वपूर्ण भूमिकामाथि जोड दिए। उनले मतदाताहरूको छनौटसँग सम्बन्धित सान्दर्भिक संवैधानिक प्रावधानहरू र दिशानिर्देशबारेमा विस्तृत रूपमा जानकारी गराउँदै कर्तव्य र जिम्मेवारीबारे अवगत गराए। यस क्रममा नोडल अधिकारी मुक्सम लिम्बूले बीएलओ मोबाइल एप्लिकेसनको सुविधाहरूबारे जानकारी गराए जसले निर्वाचन फारमहरू भर्न गर्न र ट्र्याक गर्न सजिलो हुने जानकारी गराए।










