पाकिम: आगामी १५ अगस्तको दिन पालन गरिने ७९औं स्वतन्त्रता दिवस तयारीलाई लिएर आज जिल्ला प्रशासनिक केन्द्रमा एक बैठक सम्पन्न भयो। पाकिम जिल्लाका जिल्लापाल रोहन आगवानेको अध्यक्षतमा बसेको बैठकमा अतिरिक्त जिल्लापाल (मुख्यालय) जीएल मिना, महकुमा अधिकारी (मुख्यालय) थेन्डुप लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा स्वतन्त्रता दिवस समारोहको सहज र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न तयारीका उपायहरू र अन्तर-विभागीय समन्वयको रूपरेखा तयार गर्ने विषयमाथि छलफल गरियो। सम्वन्धित निकायलाई दिएको जिम्मेवारी प्रभावकारीढङ्गमा कार्यान्वयनका लागि समिति गठन गरियो।










