पाँच जिल्लामा अन्तर-विद्यालयस्तरयी ब्याडमिन्टन प्रतियोगिता शुरू

IMG-20250715-WA0149

गान्तोक: ब्याडिन्टन एसोसिएशन अफ् सिक्किमले आजदेखि राज्यको पाँचवटा जिल्लाहरूमा जिल्लास्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता शुरू गऱ्यो। आजदेखि गान्तोक जिल्लाको निम्ति राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नेजियम हलमा ब्याडमिन्टन हलमा प्रतियोगिता शुरू भएको छ। उदघाटन कार्यक्रममा मुख्य अतिथिकोरुपमा एसकेएम युवा मोर्चा अध्यक्ष लाक्पा मोक्तान उपस्थित थिए भने, विशिष्ठ अतिथिकोरुपमा विद्यार्थी कल्याण बोर्डका अध्यक्ष छोपेल शेर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। मुख्य अतिथि मोक्तानले आधिकारिक रपमा प्रतियोगिताको शुभारम्भको घोषणा गरे। गान्तोक जिल्लामा भइरहेको यो प्रतियोगितामा १७ वटा विद्यालयबाट २५० भन्दा अधिक खेलाड़ीहरूले भाग लिइरहेका छन्। राज्यमा फुटबलदेखि देस्रो सर्वाधिक खेलिने खेल ब्याडमिन्टन रहेकोले एसोसिएशनका प्रमुख संरक्षक एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशानिर्देशनमा नै यो प्रतियोगिता आयोजना गरिएको बासका अध्यक्ष जेकब खालिङले जनाएका छन्। प्रतिभावान विद्यार्यीहरूलाई चिन्हित गरेर उनीहरूको क्षमतालाई प्रवर्धन र विकास गर्नको निम्ति बासले यो प्रतियोगिता आयोजन गरेको उनले बताए। पाकिम जिल्लामा गत हप्ता नै विद्लयस्तरको प्रतियोगिता आयोजना गरिएको बताउँदै अध्यक्ष खालिङले नाम्चीमा जिल्लामा भने धेरै खेलाड़ीहरूले सहभागिता जनाउने उनले सम्भावना व्यक्त गरे।

मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा शुरु भइरहेको ब्याडमिन्टन अकादमीको निम्ति पनि यहाँ खेल्ने विद्यार्थीहरूलाई चयनित गर्ने उनले जानकारी गराए। जिल्लास्तरमा विजयी हुने खेलाड़ीहरूले आगामी अगस्त महिनामा सम्पन्न हुने राज्यस्तरीय प्रतियोगितमा सहभागिता जनाउने खालिङले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement