सर्वोदय संघ लोवर शेर्पा वार्ड नम्बर ७ खरसाङद्वारा गाउँ घरकाे बाटो सरसफाई

IMG-20250715-WA0140

खरसाङ: सर्वोदय संघ लोवर शेर्पा वार्ड नम्बर ७ खरसाङद्वारा आदि कवि भानुभक्तकाे जन्म जयन्तीको पावन अवसरमा आफ्नो गाउँ घरकाे बाटो सरसफाई गरेको छ।‌यसको साथै बाटोमा पलाएको झारपातहरु काटेर साथै आफ्नो निजी कोषबाट क्षेत्रकाे बाटोमा ब्लिचिङ पाउडर छर्ने काम गरेका छन्। यसको कार्यले आफुहरु विभागमा मात्रै भर पर्नु नहुने तर आफ्नो गाउँ घर आफै सरसफाइ राख्नु सक्नुपर्छ भनी उदाहरण दिएको छ। उक्त सर सफाई कार्यक्रममा सर्वोदय संघकाे पदअधिकारीगण अनि सदस्यगणहरुकाे उपस्थिति रहेको थियो। यस सफाई कार्यक्रम सम्पन्न गरेकोमा सर्वोदय संघको सबै सदस्यहरुलाई सभासद श्याम शेर्पाले धन्यवाद दिँदै लोवर शेर्पा बस्तीस्थित सर्वोदय संघले विगत धेरै वर्षदेखि सामाजिक कार्य गर्दै आईरहेको छ भने प्रत्येक वर्ष फूलपाती, पहिलो वैशाख जस्तो कार्यक्रममा पनि सहभागिता जनाउँदै आईरहेको जानकारी गराएका छन्।

उनले आउँदो दिनमा पनि सर्वोदय संघबाट यस्तै राम्रो राम्रो कार्यको आपेक्षा राख्दछौँ भनी बताएका छन् भनी संघकाे महासचिव उमेश खातिले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement