दार्जीलिङ्ग नगरपालिकाको कर्मचारी सँगठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सँगठन भएको घाेषणा

IMG-20250715-WA0135

दार्जिलिङ: दार्जीलिङ्ग नगरपालिकाको कर्मचारी सँगठन आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सँगठन भएको घाेषणा गरिएको छ। दार्जीलिङ नगरपालिका कर्मचारी सँगठनका अध्यक्ष एलन छेत्रीले मिडियालाई दिएका बयानमा आजदेखि सँगठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सँगठन भएको घोषणा गरेका छन्। उनी भन्छन्, “दार्जीलिङ नगरपालिकामा पहिला दुईवटा युनियन थियो। अहिले दुइवटालाई मर्ज गरेर एउटा युनियन बनाएका छौँ। दार्जीलिङ नगरपालिकामा समस्या धेरै छ। दैनिक हाजिराको समस्या, पीएफ, पेन्सन सबैको समस्या रहेको छ। यति ठूलो अनि थुप्रै समस्या कहाँ गएर समाधान गर्ने? हामीले हाम्रो सबै बैठकहरूमा यो विषयमा चर्चा गर्यौ। निष्कर्षमा हामीले भन्यौं कि जुन किसिमले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले अरूको गुनासो सुनेर समाधान निकाल्नु हुँदैछ, उहाँबाहेक अन्य ठाउँमा हाम्रो समस्याको समाधान छैन भन्ने लाग्यो। हामीले उहाँलाई हिजो मात्र भेट गर्यौ। उहाँले हाम्रो समस्या सुन्नु भयो। उहाँले हामीलाई सकारात्मक भएर सुझाव दिनु भयो। उहाँले ढाँटेर कुनै आश्वासन दिनु भएन।

उहाँले व्यावहारिक कुरा गर्दै भन्नुभयाे, समस्याको समाधान भोलि नै हुन्छ भन्ने छैन। समय लाग्छ। तर म जहाँ तपाईहरुको समस्या लगेर जान्छु, त्यहाँ समस्याको पक्का समाधान निस्कनेछ। हामीलाई धेरै आशा लागेको छ अनि अनित दाजुमाथि विश्वास गरेर आजदेखि संगठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सँगठन बनेको छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement