इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख एवं सभासद अजय एडवर्ड्सले गरे जीटीए प्रमुख अनित थापालाई पत्रचार

photocollage_2025715204849881

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक एवं सभासद अजय एडवर्ड्सले जीटीए प्रमुख अनित थापालाई अबिलम्ब जीटीए सभा डाक्ने निवेदन गर्दै आज पत्रचार गरेका छन्। अजय एडवर्ड्सले लेखे अनुसार हालसम्म तीनपल्ट मात्र जीटीएको सभा र एकपल्ट आपातकालीन सभा डाकिएको कुरा उल्लेख गरेका छन्।
स्मरण रहोस् जीटीएको कानुन अनुरूप सालमा दुईचोटी सभा डाक्न पर्ने हुन्छ तर त्यो कानुन पालन भएको छैनन्। पत्रचार अनुसार यी मुद्दाहरूमाथि चर्चा परिचर्चा तथा समस्याहरूको समाधान गर्न हेतु सभा झट्ट डाक्न पर्ने निवेदन गरिएको छ।‌ पत्रमा उल्लेख गरिए अनुसार चिया, पर्यटन र सम्बन्धित व्यवसाय नीति-२०१९ र त्यसपछिको सूचना (दिनांक ०७/०२/२०२५) खारेज गर्न निवेदन गरिएको छ। स्थायी जमिन अधिकार: पुर्खौंदेखि बसोबास गर्दै आएका चिया मजदुरलाई स्थायी जमिनको अधिकार दिनु पर्ने, आर्थिक समानता: चिया, पर्यटन लगायत क्षेत्रका श्रमिक र स्थानीयका लागि निष्पक्ष आर्थिक अवसर सुनिश्चित गर्नु, बक्यौता तिर्नु: पीएफ, पेन्सन, ग्र्याच्युटी लगायत सम्पूर्ण थकित रकम तुरुन्तै चुक्ता गर्नु र गैरजिम्मेवार म्यानेजमेन्टविरुद्ध कानुनी कारबाही थाल्नु, न्यूनतम ज्याला सुनिश्चित गर्नु र महँगीसँग सम्बन्धित तलब पुनरावलोकन तुरुन्त लागू गर्नु, जीटीएको स्वायत्तता: उच्चस्तरीय समितिको निष्क्रियता समीक्षा गर्नु र प्रशासनिक अधिकार सबल बनाउनु निवेदन गरिएको छ।‌ त्यसरी नै टिस्टा पुनर्स्थापना: बाढी पीडितहरुको लागि यथाशीघ्र पुनर्स्थापनाको सम्पूर्ण स्थिति प्रतिवेदन, जीटीए सम्पत्ति भाडामा लगाउने विषय सभाबाट निर्णय नगरी भाडामा लगाइएको विषयमा कारबाही गर्नु पर्ने र लालकोठी बाहिर एसएसबी जमिनसम्बन्धी मुद्दा आदि उल्लेख गरिएको छ।

About Author

Advertisement