दार्जिलिङको लुईस जुब्ली क्षेत्रमा पैह्रो

IMG-20250715-WA0130

दार्जीलिङ: लगातार रुपमा परिरहेको पानीझरीले गर्दा दार्जिलिङको लुईस जुब्ली क्षेत्रमा पैह्रो गएको छ।‌ उक्त पैह्रोले यस क्षेत्रको १० परिवारहरु पैह्रोको चपेटमा परेका छन्। दार्जिलिङ नगरपालिका क्षेत्र अन्तर्गत १७ नम्बर वार्ड लुइस जुब्ली मुन्तिर गएको उक्त पैह्रोले धेरै नोक्सानीको खतरा देखा परेको छ भने यस घटनाको कारण बिचल्लीमा परेका १० परिवारहरुलाई पुर्नवास गराउन क्षेत्रीय नगरपार्षद् नितेश गुरूङले पहल शुृरु गरेको जानकारी प्राप्त भएको छ।

घटनाको स्थलगत निरीक्षणमा ओर्लिएका नगरपार्षद् गुरूङले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका छन्। उनले यसबारे जीटीए प्रमुख अनित थापासित पनि कुराकानी गर्ने थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement