हैदराबाद: सनराइजर्स हैदराबादले भारतका पूर्व पेस बलर वरुण आरोनलाई २०२६ आईपीएल सीजनको निम्ति आफ्नो बलिंग प्रशिक्षक नियुक्त गऱ्यो। आरोनले सनराइजर्सको टीममा न्यूजील्याण्डका पूर्व पेस बलर जेम्स फ्रेंकलिनको स्थानमा जिम्मेवारी सम्हाल्नेछन्। सनराइजर्सद्वारा जारी बयानमा भनिएको छ, हाम्रो कोचिंग स्टाफको टीममा वरुण आरोनलाई हाम्रो नयाँ बलिंग प्रशिक्षकको रूपमा स्वागत छ। आरोनले २०११ देखि २०१५-बीच भारतको निम्ति ९ वटा टेस्ट र ९ वटा वनडे इण्टरनेशनल म्याच खेलेका थिए। आरोनले टेस्टमा १८ र वनडेमा ११ विकेट हासिल गरे। ३५ वर्षीय आरोनले आफ्नो अन्तिम प्रतिस्पर्धी म्याच यसै साल ५ जनवरीमा झारखण्डको निम्ति गोवाविरुद्ध खेलेका थिए। त्यसपछि उनले खेलबाट सन्न्यासको घोषणा गरेका थिए। आरोनले गत वर्ष चेन्नईमा एमआरएफ पेस फाउण्डेशनमा अष्ट्रेलियाका दिग्गज पेस बलर ग्लेन म्याकग्रासँग एकसाथ प्रशिक्षकको रूपमा केही समयको निम्ति काम गरेका थिए। वर्तमानमा उनी क्रिकेट कमेण्टेटरको रूपमा पनि सक्रिय छन्।










