मध्य डुवर्सव्यापी फूलपाती शोभायात्रा समिति गठन

74e81846-37b6-46be-85d6-e04642375bc3

  वीरपाडा- प्रत्येक वर्ष मनाइने गोर्खाहरूको महान सांस्कृतिक पर्व फूलपाती शोभायात्राको निम्ति आज प्रकाश थापाको अध्यक्षतामा वीरपाडा नेपाली उच्च विद्यालयको कन्याश्री भवनमा मध्य डुवर्सका विभिन्न संघ-संस्थाका पदाधिकारी साथै संस्कृतिप्रेमी महानुभावहरूको उपस्थितिमा एक चर्चा सभा सम्पन्न भयो| बुद्धिमान लामाले सञ्चालन गरेको उक्त चर्चा सभामा ‘फूलपाती शोभायात्रा समिति-२०२१’ का सचिव  शनि तामाङले विगत शोभायात्राबारे एक प्रतिवेदन प्रस्तुत गरेपछि आयव्ययको बेहोरा कोषाध्यक्ष  सिभराज थापाले राखे पछि नव समितिलाई हस्तान्तरण गरिने बताए| यसैगरि विगत समितिका अध्यक्ष  हर्कु तामाङले २०२१ को समितिलाई विधिवत विघटन गरेपछि चर्चा-परिचर्चा सहित नव समितिमा अध्यक्ष सिबि प्रधान,उपाध्यक्ष  विनोद मोक्तान, सचिव कृष्णबहादुर श्रेष्ठ, सहसचिव रोशन ठटाल, कोषाध्यक्ष दिनेश कामीलाई सर्वसम्मतिले चयन गरेपछि संयोजकको रुपमा समाजसेवी लक्षुमण लिम्बूलाई लिइएको जानकारी अमीर सुब्बाले जनाएका छन्|

  समितिमा सल्लाहकारको रुपमा विशिष्ट व्यक्तित्वगण  मणिकुमार दर्नाल, किर्तन छेत्री, सुभाष छेत्री, दुर्गा गुरुङ, अनुपकुमार शर्मा, आशकुमार तामाङ, प्रकाश थापा, गोपाल प्रधान, अशोक भारद्वाज, रबिन राई आदिलाई राखिएको पनि अमीर सुब्बाले जनाएको छ| आगामी ०२ अक्टोबरमा सम्पन्न हुने फूलपाती शोभायात्रालाई सफलतापूर्वक सम्पन्न गराउन सबै संघ संस्था दिलोज्यानले लागिपर्ने विषयमा सहमति बनिएको बारे उपाध्यक्ष विनोद मोक्तानले जानकारी गराएको छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement