वीरपाडा- लगभग दस वर्षदेखि कमान बन्द भएपछि त्यस क्षेत्रमा पर्याप्त पिउने पानीको समास्य हुन थालेपछि स्थानीय तथा संघ संस्थाहरूद्वारा पिउने पानीको स्रोतको व्यवस्था गर्नुपर्ने माग उठान गर्दै आएको थियो| तसर्थ विगतको दुई- तीन वर्षदेखि थालिएको दुइवटा पीएचईको आज तृणमूल कङ्ग्रेसका मदारीहाट खण्ड सभापति जयप्रकाश टोप्पो लगायत युवा सभापति विशाल गुरुङको बाहुलीबाट रिबन काटेर उद्घाटन गरियो| आज स्थानीय पुजारी गोपल शर्माद्वारा पुजापाठ सम्पन्न गरि पीएचईको शुद्धिकरण पश्चात उक्त थुवै पीएचईको क्रमैले उद्घाटन गरियो|
दुई पीएचईको निर्माणले बन्दापानीका पार्ट संख्या १४/४ अनि १४/५ क्षेत्रका निवासीहरूको निम्ति पिउने पानीको धेरै सुविधा भएको छ| हालैमा दुबै पीएचई सुचारु ढङ्गमा सञ्चालन भए तापनि सम्पूर्ण गाउँ भरी पाइप बिछाई पानी वितरण गर्नुपर्ने पनि चॉंडै हुने बारे सभापति जयप्रकाश टोप्पोले बताए| स्थानीय निवासी तथा शिक्षक ज्योति थापाले भने, अहिले पीएचईको निर्माण भएपछि खोला नाला , जंगल काटेर पानी भर्नु जानु नपर्ने भएको तथा वर्तमान पिउने शुद्ध पानी पर्याप्त रूपमा पाएको बताइन्| स्थानीय निवासी अनुप योञ्जनले पीएचई निर्माणको निम्ति राज्य सरकार लगायत, तत्कालीन अलिपुरद्वारका जिल्लाका कोअर्डिनेटर, मदारीहाट खण्ड तृणमूल सभापति, स्थानीय सत्तारुढ दलका कार्यकर्ता तथा संघ संस्थाहरूलाई आभार व्यक्त गरेका छन्|









