ईंग्ल्याण्डविरुद्ध तेस्रो टेस्टमा भारतको २२ रनले हार

IMG-20250715-WA0005

लर्ड्स: भारतले तेस्रो टेस्ट म्याचको पाँचौं तथा अन्तिम दिन ईंग्ल्याण्डविरुद्ध २२ रनले हारको सामना गर्नु पऱ्यो। यस जीतको साथै ईंग्ल्याण्डले ५ वटा टेस्ट म्याचको एण्डरसन-तेन्दुलकर ट्रफी सीरीजमा २-१-को बढ़त हासिल गऱ्यो। म्याच जित्न १९३ रनको लक्ष्यलाई खेदो गर्दै सोमवार भारत आफ्नो दोस्रो ईनिंग्समा १७० रन बनाएर अलआउट भयो। अन्तसम्म लड़ाइँ गर्ने रविन्द्र जडेजाले १८१ बल खेलेर ४ वटा चौका र एउटा छक्काको साथ अविजित ६१ रन बनाए। जडेजा बाहेक ओपनर केएल राहुलले ३९ रन बनाए। अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले ३-३ विकेट हासिल गरे।
भारतले मंगलवार चौथो दिनको स्कोर ४ विकेटमा ५८ रनदेखि अघि खेल्न शुरु गर्दै बिहानको सत्रमा रिषभ पन्त (९), राहुल र वाशिंटन सुन्दरको विकेट गुमायो। यसरी ८२ रनमै ७ विकेट गुमाएपछि भारतलाई जिताउन जडेजाले आफ्नो प्रयास शुरु गरे। उनले नीतीश कुमार रेड्डी (१३ रन) सँग मिलेर स्कोरलाई ११२ रनसम्म पुऱ्याए। रेड्डी आउट भएपछि ईंग्ल्याण्डले चाँड़ै म्याच जित्ने लागिरहेको थियो तर जडेजा अलग सोचमा थिए। उनले जसप्रीत बुमराह र मोहम्मद सिराजसँग मिलेर अन्तसम्म लड़ाइँ गरे। जडेजाले बुमराहसँग नवौं विकेटको निम्ति ३५ र सिराजसँग अन्तिम विकेटको निम्ति २३ रनको पार्टनरशीप गरे। यस अवधि जडेजाले आफ्नो अर्द्धशतक पनि पूरा गरे। अन्तसम्म लड़ाइँ गरे पनि जडेजाले भारतको हारलाई रोक्न सकेनन्। स्पिनर शोएब बशीरले सिराजलाई बोल्ड गर्नको साथै भारतको चुनौती समाप्त भयो। म्याचमा ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा ३८७ अनि भारतले पनि आफ्नो पहिलो ईनिंग्समा ३८७ रन नै बनाएको थियो। त्यसपछि ईंग्ल्याण्डले आफ्नो दोस्रो ईनिंग्समा १९२ रन बनाउँदा भारतलाई १९३ रनको लक्ष्य हासिल भएको थियो। सीरीजको चौथो टेस्ट म्याच २३ जुलाईदेखि म्यानचेष्टरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement