दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा सोमवार २ वटा म्याच खेलियो। आजको दुवै म्याच दावा माईला डुक्पा मेमोरियर सेकेण्ड डीविजन लीगको रह्यो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा रंगबूल फूटबल एकाडमीले रिफर्म युनाइटेड लेबोंगविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुरज तामाङले २ र अभिलाष छेत्रीले १ गोल गरे। दोस्रो म्याचमा आप्पा सेवेन एफसी-ले रंगबूल भेटरन एफसीविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुलभ राईले १ गोल गरे जबकि अन्य एउटा गोल आत्मघाती गोल रह्यो। यसरी रंगबूल भेटरन एफसी-को तर्फबाट साम्दु डी. लामाले गोल गरे।