पुरातन भाषाको संरक्षणमा सरकार गम्भीरः शिक्षा मन्त्री बस्नेत

IMG-20250714-WA0165

गान्तोक: राजधानी गान्तोकको बुर्तुकस्थित एनसीइआरटीको प्रेक्षागृहमा आयोजित शैक्षिक कार्यशालामा संस्कृत विश्वविद्यालय नयाँ दिल्लीका कुलपति प्रो. श्रीनिवास वर्खेडीले संस्कृतजस्ता पुरातन भाषा र संस्कृतिको संरक्षणमाथि जोड़ दिए। संस्कृत कुनै विभाजनको भाषा होइन,भन्दै यसलाई सम्पूर्ण भारतीय भाषालाई जोड्ने सेतु बताए। उनले भारतीय शिक्षा नीतिमा संस्कृतको महत्व र आयुर्वेद विज्ञानसँग यसको सम्बन्धबारे पनि प्रकाश पार्दै भविष्यमा आयुर्वेदिक चिकित्सा र अनुसन्धानको मूल भाषा संस्कृत हुने भएकाले आजका विद्यार्थीहरूलाई यसमा दक्ष बनाउनु जरुरी रहेको उल्लेख गरे। उक्त कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथि थिए। उनले शिक्षामा राज्य सरकारले गरेको प्रभावी पदक्षेपको उल्लेख गर्दै संस्कृतजस्ता पौराणिक भाषाको संरक्षणमा सरकार लागिपरेको बताए। उनले भने, संस्कृत सबै भाषाको आमा हो। पुरानो भएकाले हेला गर्नु हुँदैन, किनभने पुरानो कुराले नै भविष्य निर्माण गर्छ। यही सोचका साथ सिक्किम सरकारले पुरातन भाषाको जगेडा गर्नका लागि विभिन्न योजनाहरू अघि सारेको छ। संस्कृत भाषा देशको पौराणिक भाषा हो जसले लुप्त हुँदै गएको अन्य भाषालाई पनि समग्र रूपमा प्रचार गर्दै आएको बताए। यस अघि शिक्षा विभागका अतिरिक्त निर्देशक एडी छेत्रीले राज्य शिक्षा विभाग र संस्कृत विश्वविद्यालय, नयाँ दिल्लीको संयुक्त पहलमा शुरु भएको पाँच दिने शिक्षक प्रशिक्षण कार्यशालाबारे प्रकास पारेका थिए। उक्त कार्यशालामा राज्यका १२ संस्कृत पाठशाला र ८५ सरकारी विद्यालयका संस्कृत शिक्षकहरू सहभागी छन्। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि गरियो। पाचेखानी उच्च माध्यमिक. विद्यालय र सामदोङ संस्कृत महाविद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने लोवर बर्मेक संस्कृत उच्च माध्यमिक विद्यालयका नानीहरुले वैदिक मंगलाचरण प्रस्तुत गरे। कार्यक्रममा मन्त्री राजु बस्नेत केन्द्रियसंस्कृत विश्वविद्यालय नयाँ दिल्लीका कुलपति आचार्य श्रीनिवास वरखेडीलाई अभिनन्दन जनाए। कार्यक्रममा रोहित राज महाराज, फोफेसर सिवानी जी, शिक्षा विभागीय सचिव टासी छोपेल विशिष्ट अतिथि थिए। कार्यक्रमको अवसरमा ‘इन्द्रकील’ नामक संस्कृत पाठ्यपुस्तक र ‘पाणिनि नेपालीव्याकरणयोः कारक विमर्श’ ग्रन्थको विमोचन गरिएको थियो। कार्यक्रममा प्रो. काशीनाथ न्यौपानेले वार्ता राखे। कार्यशालामा डा. कमलप्रसाद दाहाल, डा. खेमलाल दवाडी , दिननाथ शर्मा, प्रो. सिवानीजी लगायतका विद्वानहरूले दर्शन, साहित्य, इतिहास, भूगोल, नीतिशास्त्र र व्याकरण विषयमा प्रशिक्षण दिनेछन्। कार्यक्रमको समापन १८ जुलाईमा हुने जानकारी आयोजकले दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement