कालचिनी – गंगुटिया चियाबारीको शिव मन्दिर लाईन फूटबल मैदानमा शनिबारदेखि आरम्भ भएको दुई दिवसीय इन्टर टी गार्डन नकआउट फूटबल टूर्नामेन्टको आज फाइनल खेलमा कालचिनी एनवाईसी बनाम अठियाबारी स्टार क्लबबिच रोमाञ्चक खेल सम्पन्न भएको थियो। उक्त खेलको अन्तमा कालचिनी एनवाईसीले १-० को अन्तरमा विजय हासिल गरेको आयोजक कमिटीको पक्षबाट रञ्जित प्रधानले जनाएका छन्| यसै म्याचको महिला वर्गमा १-० को अन्तरमा राजाभातखावा टीमले गंगुटिया टीमलाई पराजित गर्न सफल भएको थियो|
आज उक्त फाइनल म्याचको अवसरमा प्रमुख अतिथिको रुपमा तृणमूल युवा कङ्ग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगत, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँ, छात्रा नेता हैदर अली अन्सारी, युनियनका केन्द्रीय नेता शंकर कुजूर, महिला सभापति चन्द्रा नार्जीनारी, युवा नेता पवन योल्मो, गारोपाड़ा ग्राम पञ्चायतको प्रधान बिन्दिया लामा एवम् गाउँले समाजसेवीहरूको उपस्थिति रहेको थियो| दुवै टोलीलाई उपस्थित अतिथिहरूले शुभकामना प्रदान गरेको थियो भने यस अवसरमा अतिथिहरूलाई आयोजक कमिटीको पक्षबाट रञ्जित प्रधानले स्मृति चिन्ह प्रदान गरिएको थियो| खेलाधुलाको माध्यममा स्वास्थ्य समाजको निर्माण गर्न सक्ने भएकोले दुई दिवसीय इन्टर गार्डन नकआउट फूटबल टूर्नामेन्टको आयोजना गरिएको आयोजक कमिटीको प्रमुख रञ्जित प्रधानले थप जनाएका छन्|









