युवाहरुले पुस्तक पठनपाठनको विकासमा महत्व दिनुपर्छः मन्त्री गुरुङ

IMG-20250714-WA0164

पाकिम: राज्यसभा सांसद डीटी लेप्चाकाे मार्गदर्शन फलस्वरूप सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिमले आदिकवि भानुभक्त आचार्यको शालिक स्थायी रूपमा स्थापना गर्न सफल भएको छ। यस अतिरिक्त उक्त शालिक स्थापनाको लागि
पाकिम जिल्लाका अधिकारीहरु, नागरिक समाज एवं शुभचिन्तकबाट पनि आर्थिक रुपमा सहयोग प्राप्त भएको थियाे।
भानुभक्त आचार्यको शालिक पाकिम सामुदायिक भवन परिसरमा स्थापना गरिएको छ। राज्यसभा सांसद लगायत पाकिम महकुमा अधिकारी, पाकिम सन्त जेभियर स्कूल तथा एनएचआइडीसीएलबाट जग्गाका लागि सहयोग प्राप्त भएको जानकारी प्रतिभा प्रतिष्ठानले प्रेस बयानमा गराएको छ। हिजो सन्त जेभियर्स स्कूलको प्रेक्षा गृहमा आयोजित भानुजयन्ती समारोहबीच नवनिर्मित भानु वाटिकाको पनि उदघाटन भएको थियो। उद्घाटन कार्यक्रमका छुजाचेन समष्टिका विधायक तथा कृषि विभागीय मन्त्री पूरण गुरुङ मुख्य अतिथि थिए भने नाथाङ माछोङ समष्टिकी विधायक पामिन लेप्चा विशिष्ट अतिथि थिइन्। नाटककार एवं साहित्यकार चुनीलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नव स्थापित आदि कवि भानुभक्त आचार्यको शालिकमा मालाअर्पण गरिएको थियो। बिहान पहिलो चरणको कार्यक्रम भानु बाटिकामा सम्पन्न भयो। यसबीच प्रतिभा प्रतिष्ठानका सहसचिव एलडी ढकाललेले संस्थाको कार्यक्करमबारे जानकारी गराए। मुख्य अतिथिको बाहुलीबाट बाटिकाको उद्घाटन पश्चात भानुको शालिकमा पूजा अर्चना साथै माल्यार्पण भयो। त्यसपश्चात दोस्रो चरणको कार्यक्रम सन्त जेभियर्स स्कूलको प्रेक्षागृहमा सम्पन्न भयो। यसबीच दिवंगत साहित्यकार पद्मश्री सानु लामाको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरियो। प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री गुरुङले पाकिममा भानु शालिक स्थायी रूपमा स्थापना गर्न सकेकोमा पाकिमबासी लगायत आयोजक समितिलाई बधाई दिए। उनले विद्यार्थीवर्ग साथै उपस्थित सबैलाई पुस्तक पढ्ने आदत हराउँदै गएको हुँदा अब उसो पुस्तक पढ्ने अभ्यास राख्नुपर्ने विचार प्रकट गरे। साहित्य संस्कृतिको जगेडा जातिले गर्नुपर्छ भन्दै भाषा साहित्य संस्कृति हराए जाति हराउने बताए। भाषा साहित्यको विकासमा यसको कार्यक्रमहरू गर्न जरुरी छ भन्दै सबैलाई जागरुक बन्ने आह्वान गरे। सभा अध्यक्षको सम्बोधनमा नाटककार तथा चलचित्र निर्देशक चुनीलाल घिमिरेले पाकिममा स्थायी रूपमा भानु शालिक स्थापना गर्नुका साथै भानु जयन्तीको भव्य कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई बधाई दिए। उनले नाटक विधामा स्कूलका विद्यार्थीहरुबीच प्रतियोगिता राखिए त्यले लाभ पुग्ने बताए। यसबीच विभिन्न प्रतियोगिताका लागि छनौट भएका विद्यार्थखीहरुले आफ्ना कार्यक्रमहरू प्रस्तुत गरेका थिए। संगिनी नृत्य तारथाङका कलाकारहरुले प्रस्तुत गरे। क्रमैले रामायण पाठ प्रतियोगितामा आहु शान्ति माध्यमिक विद्यालय प्रथम, आहु किसान माध्यमिक पाठशाला दोस्रो, अनि पाचेखानी माध्यमिक पाठशाला तेस्रो स्थान ओगट्न सफल भए। लोकगीत प्रतियोगितामा प्रथम सुरुचि राणा नामचेबुङ भए भने दोस्रो डेजी शंकर सन्त जेभियरस उच्चमाध्यमिक पाठशालाबाट भएका थिए। युगल गीत प्रतियोगितामा प्रथम आहु शान्ति स्कूल, दोस्रो आहु किसान स्कूल भएका थिए। यस्तै प्रकारले कविता पाठ प्रतियोगिता कनिष्ठ वर्गमा प्रथम आसामलिङ्गजे उच्चमाध्यमिक विद्यालयबाट तेजस्वी शर्मा, दोस्रो आहु शान्ति माध्यमिक पाठशालाका नमन बाहुन अनि तेस्रो आकृति दवाडी मुख्यमन्त्री मोडल स्कूल आसाम लिङ्गजेबाट प्रस्तुत गरिएका थिए। कविता पाठ प्रतियोगिताको वरिष्ठ दलमा प्रथम प्रज्वल शर्मा डिक्लिङ उच्चमाध्यमिक विद्यालयबाट, दोस्रो कृतिका पौड्याल मामरिङ उच्च माध्यमिक विद्यालयबाट अनि तेस्रो हुने विजयता काफ्ले तारेथाङ माध्यमिक विद्यालयबाट प्रस्तुत गरिएको थियो। यसरी नै खुल्ला कविता पाठमा प्रथम सुवेक्षा राई, दोस्रो अनुकल्प तामाङ अनि तेस्रो केएन दुलाललाई पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement