गान्तोक: १४ वर्षको अन्तरालपछि, सिक्किम युवा कल्याण संघको औपचारिक रूपमा नयाँ कार्यकारी समिति गठन गरिएको छ। नयाँ समितिमा युवा सशक्तिकरणमाथि ध्यान केन्द्रित गरिएको छ।
उल्लेख्य, १९९८ मा रबिन राईद्वारा स्थापित उक्त संस्थाले सिक्किमभरिका युवाहरूको हितमा लगातार रुपमा सेवा कार्य गर्दै आएको छ। सिक्किमकै एक सक्रिय तथा समर्पित एक प्रमुख गैरसरकारी संस्था का रुपमा संघले युवा विकास, सामाजिक जागरूकता र सांस्कृतिक गौरवमा सक्रिय रूपमा काम गर्दै आएको छ। यद्यपि, गएको २०११ देखि संस्था निष्क्रिय भएको थियो। राजधानी गान्तोकस्थित संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा, नयाँ नेतृत्वले आधिकारिक रूपमा पुनर्गठनको घोषणा गरेको छ। नवगठित कार्यकारी समितिको नेतृत्व अध्यक्ष चित्रकला सुब्बाले गर्नेछिन्। यसरी नै उपाध्यक्ष पदमा रिन्जिङ ओङ्मु भुटिया, सम्योमा लिम्बू महासचिव, दीपाञ्जली शर्मा सहसचिव, खान्डु हिसे ग्याल्मु भोटिया कोषाध्यक्ष, जोश्य राई संयोजक र मोहन के कार्की प्रचार प्रमुखका रुपमा मनोनित भएका छन्। पत्रकार सम्मेलनमा बोल्दै मोहन के कार्कीले संस्थाको सामाजिक कार्यमाथि जोड दिए।