गान्तोक: सिक्किम राज्यले राज्य/केन्द्र शासित प्रदेश श्रेणी अन्तर्गत राष्ट्रिय एक जिल्ला एक उत्पादन (ओडीओपी) पुरस्कार २०२५ मा रजत पदक (दोस्रो स्थान) प्राप्त गरेको छ। आज नयाँ दिल्लीको भारत मण्डपममा आयोजित एउटा कार्यक्रमबीच सिक्किमलाई यो पुरस्कार प्रदान गरियो। कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल, दिल्लीकी मुख्यमन्त्री श्रीमती रेखा गुप्ता, केन्द्रीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र आन्ध्र प्रदेश सरकारका पछौटे वर्ग, हस्तकला तथा कपडा कल्याण मन्त्री एस. सविताको विशेष उपस्थिति रहेको थियो।
राष्ट्रियस्तरको यस पुरस्कार ग्रहण गर्नको निम्ति सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सोको साथमा अन्य अधिकारीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।