समरदोङमा विधायक खरेलद्वारा पावर हाउसको उद्वघाटन

IMG-20250714-WA0161

गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्रअन्तर्गत करेक काब्रे ग्राम पञ्चायत इकाइको लोवर करेक समरदोडमा पावर ग्रिड कारपोरेशन ऑफ इंडिया लिमिटेडद्वारा निर्माण गरिएको १३२ केभी पावर हाउसको उद्वघाटन गरियो। क्षेत्र विधायक एवं राज्य सरकारको विदयुत विभागका सल्लाहकार सञ्जीत खरेलले यसको विधिवत रूपमा पुजा गर्दै उद्वघाटन गरेका छन्। समरदोङमा नवनिर्मित पावर हाउसले अब १३२ केभीको लाईन चार्ज गरेर राज्यको विभिन्न ठाँउमा बिजुली आपुर्तिलाई पूरा गर्नेछ। कार्यक्रममा बिधुत विभागका सचिव विकास देवकोटा, विभागका अन्य प्रमुख अधिकारीहरु, दक्षिण जिल्लाका अधिकारीहरु पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement