उच्च मानवीयता देखाउँदै मुख्यमन्त्रीले दिए जयगाउँका किड्नी रोगीलाई उपचारको सहयोग

IMG-20250714-WA0159

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङबाट अकल्पनिय सहयोग पाउँदा पश्चिम बंगालको जयगाउँ, निवासी प्रशान्त छेत्री खुशीले विभोर भएका छन्। गत केही वर्षदेखि मिर्गौला रोगले सिकिस्त रोगी परिवारले मुख्यमन्त्री तामाङसमक्ष सहयोगको गुहार लगाउँदै आएका थिए। परिवारले शोसल मिडियाको माध्यमबाट आममानिसहरुलाई पनि सहयोग माग्दै आएका थिए। कतैबाट आशा गरे अनुरुप सहयोग नपाएपछि अन्तमा रक लामा नामक एक शोसल मिडियाकर्मीले फ्नो फेसबुक पेजमार्फत सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सहयोगको अपील गरेका थिए। उनको अपील सुन्नसाथ मुख्यमन्त्री तामाङले पीड़ित परिवारलाई सिक्किम आउने आग्रह गरेका थिए। मुख्यमन्त्रीको खबर पाएपछि बिरामी प्रशान्त छेत्री उनकी आमा अनि कालचिनीका विधायक विशाल लामा आज सिक्किम आइपुगेका थिए। पीड़ित छेत्री अनि उनकी आमाले मुख्यमन्त्री तामाङसँग झण्डै दुई घण्टासम्म कुराकानी गरेका थिए। भेटको क्रममा मुख्यमन्त्री तामाङले उपचार खर्च गरिदिने वचन दिएको जानकारी रक लामाले दिएका छन्। मुख्यमन्त्रीले कोरोना महामारीमा अनि अन्य समयमा पनि उच्च मानवीय गुण दर्शाउँदै रोगीहरुलाई उपचार गर्न आर्थिक सहयोग प्रदान गर्दै आएका थिए। मुख्यमन्त्रीबाट पाएको सहयोगको फलस्वरूप बिरामी प्रशान्त छेत्री र परिवारले ठूलो राहत पाएका छन्। बिरामी प्रशान्तकी आमा मुख्यमन्त्री तामाङको यस उल्लेखनीय सहयोगका लागि कृतज्ञता ज्ञापन गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement