मानेबुङ-देन्ताम क्षेत्रमा तेज हावाले अन्नबाली प्रभावित

IMG-20250714-WA0156

गेजिङ: गत राति पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत मानेबुङ–देन्ताम डिभिजनमा आएको भीषण हावाहुरी र भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ। शक्तिशाली हावाको साथ आएको आँधीबेह्रीले गाउँमा व्यापक क्षति पुर्यारएको छ। हावाको कारण रुखहरू उखेलिँदा देन्ताम बजार क्षेत्रमा पार्क गरिएका केही सवारी साधनहरूमा क्षति पुगेको छ। उखेलिएका रुखहरू र ढलेका बिजुलीका पोलहरूले विद्युत आपूर्ति अवरुद्ध बनाएको छ। सम्बन्धित विभागद्वारा विद्युत सेवा पुनःस्थापना कार्य शुरु गरिए तापनि सम्पूर्ण मरम्मति कार्य सम्पन्न हुन केही समय लाग्ने विभागीय स्रोतले जनाएको छ। त्यसैगरी, मकै बाली, बोटबिरुवा तथा अन्य कृषि उत्पादनमा समेत ठूलो क्षति पुगेको स्थानीय कृषकहरूले जनाएका छन्।

हावाहुरीले बाली सखाप बनाएपछि कृषकहरू चिन्तित छन्। स्थानीय बासिन्दाहरूले सम्बन्धित कृषि तथा राजस्व विभागले प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको विवरण तयार गरी सरकारसमक्ष पेश गरिदिए राहत तथा क्षतिपूर्तिको हुने अपेक्षा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement