समाजसेवी सञ्जयराज विश्‍वलाई सम्मान

f014364a-d992-48c3-9404-f7b6eaff6050

  सामसिङ – सामसिङ चियाबारी निवासी सञ्जयराज विश्‍वले २०१० सालमा सामसिङ जन कल्याण सङ्घ नामक एक सामाजिक संस्था स्थापित गरेका थिए| त्यसपश्‍चात तिनले निरन्तर रूपमा समाजका उत्थान, विकास उन्नतीको निम्ति विभिन्न कार्यहरू गर्दै आइरहेका छन्| जस्तै नानीहरूलाई स्वनिर्भर बनाउन कटिङ एण्ड टेलरिङ, च्याउँ खेती प्रशिक्षण, टोय मेकिङ्ग, १५ देखि २० जना जति विकलाङ्गहरूलाई ब्हिल चियर-ट्राई साइकल वितरण, विकलाङ्गहरूलाई प्रमाण पत्र बनाउनुको साथै मानविक पेन्सन दिलाउन सहयोग, रोड साइड अनि धर्मशाला आदिमा जीवन विताउने असाहयहरूलाई एक समयको भोजन वितरण, रोगी र वृद्धहरूलाई सहयोग, आर्थिक रुपमा विपन्न परिवारलाई वस्त्र वितरण, मेडिकल क्याम्प र रक्तदान शिविर आयोजना गरिरहेका छन्|

  तिनको यस १२ वर्षसम्मको समाजप्रतिको निःस्वार्थ सेवाको कदर गर्दै सामसिङमा आयोजित विश्‍वकर्मा पूजाको पवन अवसरमा सामसिङ ड्राइभर एण्ड ओनर एसोसिएसनको तर्फबाट ढाका टोपी, खदा लगाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाइयो| ज्ञात रहोस् यसभन्दा अघि तिनलाई डा अम्वेडकर राष्ट्रीय पुरस्कार, राष्ट्रिय ग्लोवर राष्ट्रीय पुरस्कार, राष्ट्रिय समाजसेवा रत्न पुरस्कारसँगै विभिन्न संघ- संस्थाद्वारा सम्मान जनाइसकेका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement