गोजमुमो र अध्यक्ष बिमल गुरुङलाई साथ दिन खुलेर अघि आए बेङलुरु, कर्नाटक शाखा

IMG-20250714-WA0105(1)

बेंगलुरु: बेंगलुरु, कर्नाटकमा कार्यरत दार्जीलिङ तराई डुवर्स लगायत देशका बिभिन्न प्रान्तका नेपाली भाषी भारतीय गोर्खाहरूलाई लिएर एउटा जरूरी सभा कर्नाटक शाखा अध्यक्ष अजय थापा अनि सचिव मनोज गुरुङको प्रमुख उपस्थितिमा सम्पन्न गरियो।
सभामा सबैले आफ्नो आफ्नो कुराहरू राख्दै यदि भारतीय गोर्खाहरूले देशमा न्याय पाउँछ भने केवल बिमल गुरूङको नेतृत्वमा मात्र सम्भव छ भन्ने कुरा राखे। बिगत गोजमुमो एवं बिमल गुरुङको समयमा दार्जीलिङ, तराई, डुवर्समा यति साह्रो अन्याय र अत्याचार थिएन। दार्जीलिङ पहाडमा धेरै राजनैतिक दलहरू भएता पनि दार्जीलिङ पहाड देखि बाहिर देशको बिभिन्न प्रान्तहरूमा गोर्खाहरूलाई अन्याय र अत्याचार भएको खण्डमा गोजमुमो अनि बिमल गुरुङले मात्र बोलेको भन्ने सबैले किटान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement