मकैबारी युनाइटेड एफसी-को एकतर्फी जीत

photocollage_2025714195749755

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा सोमवार एउटा म्याच खेलियो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको च्याम्पियनशीप डीविजनको म्याचमा मकैबारी युनाइटेड एफसी-ले खरसाङ भेटरन्स क्लबविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पेमा लामा, सुमिरन प्रधान र समीर खवासले १-१ गोल गरे। आज भएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, अरबिन्द छेत्री र सुरेश ओरावँ सामेल थिए। सञ्जय थापा र प्रतीक गुरुङ फोर्थ अफिसियल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement