खरसाङ: प्रवासी नेपाली संघ भारत, पश्चिम बंगाल क्षारखण्ड संयुक्त राज्य समितिको आयोजनामा भारतीय भाषा परिषद सेक्सपियर सरणी, कलकत्तामा भव्य रुपमा भानु जयन्ती पालन गरियो।कार्यक्रमको अध्यक्षता प्रनेसंभाका राज्य अध्यक्ष संयोजक, रवि कुमार छेत्रीले गरेका थिए।

कार्यक्रममा मुख्य अतिथि नेपाल महावाणिज्यदूत, काेलकत्ताका झक्क प्रसाद आचार्य, विशिष्ट प्रा. डा. अरुण होता, अतिथि नायब वाणिज्यदूत जनक राज भट्ट, प्रनेसंभाका केन्द्रिय अध्यक्ष नारायण प्रसाद होमागाई, प्रा. अरुण होता, कलयाणी कलेज, कथाकार बिनिता छेत्री दार्जीलिङ, प्रेम कपुर, आशिष झुन झुन वाला, प्रभातका सम्पादक बिकास कार्की, कवि संजीब गुरुङ, भारत नेपाल जनमैत्री सांस्कृति मञ्चका उपसभापति बद्री बिक्रम थापा, सचिव टिका राम गोपाल भित्रीकोटी, संयुक्त नेपाली वेलफेयर ट्रस्ट कलकत्ताका सभापति केशव अधिकारी छेत्री, संयुक्त नेपाली केन्द्रिय सेवा संघका सभापति सचिव नर बिक्रम थापा, प्रा. डा. सत्यप्रकाश तिवारी, कवि जितेन्द्र जितांशु रहेका थिए।

कार्यक्रममा कवि बिलोक शर्मा, निमा निष्कर्ष, राजु पाठक, सन्जीब गुरुङ, रमा शर्मा, केदार होमागाई, साहिद हुसेन, आकाश साहले स्वरचित कविता वाचन गरे। कार्यक्रमको दोस्रो भागमा सांस्कृति कार्यक्रम र नाटक प्रस्तुत गरियो, जसमा सृजन जन सांस्कृतिक परिवार कलकत्ता, जनप्रेमी सांस्कृतिक परिवार जमशेदपुर र एसेम्ली अफ गड चर्चका कलाकारहरूले आफ्नो प्रस्तुति दिए।