खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

IMG-20250714-WA0127

खरसाङ: खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सन्त एन्थोनी स्कूलमा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।‌ उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, एएसआई राकेश गजमेर, स्वेता मण्डल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस ट्राफिक सचेतना कार्यक्रमलाई स्कूलको तर्फबाट शिक्षक सुजित मुखर्जीले‌ सञ्चालन गरेका थिए। यस कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले विद्यार्थी नानीहरुलाई सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सुरक्षा विषयमा सचेतना गराएका थिए। उनले विद्यार्थीहरुले आफ्नो युनिफर्ममा‌ बाइक र स्कुटी नचलाउने सुझाव दिएका छन् भने चलाए पनि लाइसेन्स हुनु पर्ने र अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने साथै तीनजना चढेर नकुदाउनु पर्ने विषयमा सचेत गराएका छन्। उनले विद्यार्थी नानीहरुलाई ड्रग्सको विषयमा पनि सचेतना गराएका थिए।

उनले ड्रग्समाथि बोल्दै भने, ड्रग्स सेवनले जेल पनि हुनसक्छ। नानीहरुले भविष्य निर्माण गर्नुपर्छ तर ड्रग्सको कुलतमा पर्नु हुँदैन। नानीहरुले आफ्नो लक्ष्यलाई हेरेर अघि बढ्नु पर्छ तर अभिभावकहरुलाई आईफोन, बाइक स्कुटी किनि मसग्नुभन्दा भविष्य निर्माण गर्नु अघि बढ्नुपर्छ। कार्यक्रममा एएसआई राकेश गजमेरले पनि ट्राफिक सचेतना विषयमा सचेतना गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement