कोलकाता एयरपोर्टमा महिलाको प्राइभेट पार्टमा भेटियो २ किलो सुन

Gold-copy

कोलकाता: एयरपोर्टमा कहिलेकाहीँ चेकिङका क्रममा सुन र चाँदी भेटाइने सामान्य कुरा हो, तर यहाँ कोलकाता एयरपोर्टको बारेमा ल्याएको समाचार सबैलाई चकित पर्ने किसिमको छl किनकी एकजना महिलाले जुन किसिमले सुन बोकेर हिडेकी थिइन्, उनको तरिका बेग्लै छ। शनिबार नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकिङको प्रक्रिया चलिरहेको थियो। यस क्रममा एकजना महिलालाई जाँच गर्दा उनको साथबाट करिब २ हजार ग्राम सुन फेला पर्यो। रिपोर्टका अनुसार यो सुन महिलाले आफ्नो प्राइभेट पार्ट अन्डरवियरमा भित्र लुकाएर राखेका थिए। शंकास्पद देखिएपछि चेकिङमा यस्तो खुलासा भएको हो, यसबाट सुरक्षा अधिकारी पनि अचम्ममा परेका छन्।

नियमित चेकिङका क्रममा पुलिस अधिकारीहरूले महिलामाथि केही शंका गरेका थिए। त्यसैले उनको छुट्टै खोजी गरियो। यसै क्रममा महिलाले आफ्नो प्राइभेट पार्ट अन्डरवियरमा १ हजार ९३० ग्राम सुन लुकाएर राखेको खुलासा भएको छ। यसको मूल्य ९६ लाख १२ हजार ४४६ रुपैयाँ रहेको बताइएको छ। यो सबै कुरा बाहिर आएपछि सुरक्षा अधिकारी पनि छक्क परे। महिलाको शरीरमा थप सुन लुकाइएको आशंका गरिएको छ। अहिले महिलालाई पक्राउ गरिएको छ। उनलाई अस्पतालमा भर्ना गरिएको छ। यहाँ उनीमाथि गहिरो अनुसन्धान भइरहेको छ। यी महिला सुडानकी नागरिक रहेको बताइएको छ। उनको नाम लामिस अब्देलराजेग हो। उनी शनिबार साँझ ७.१८ बजे कोलकाता एयरपोर्टमा अवतरण गरेकी थिइन्। त्यसपछि विमानस्थलमा अध्यागमन कार्यालयका अधिकारीले उनको पासपोर्ट जाँच गरे। उनले कोलकाता प्रवेश गर्न अनुमति पाए, तर जब महिला यात्रुले एयरपोर्टको ग्रीन च्यानल पार गरे, एयर इन्टेलिजेन्स युनिटका अधिकारीहरूले महिलाको कार्यमा शंका गरे। त्यसपछि उनले ती महिलालाई पक्राउ गरे। त्यसपछि सोधपुछ शुरु भयो। खोजीका क्रममा सुन भेटियोl त्यसपछि महिलाको अन्डरवियरभित्र दुईवटा प्याकेट फेला परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement