ब्याडमिण्टन स्टार साइना नेहवालद्वारा पति पारुपल्ली कश्यपसँग अलग भएको घोषणा

IMG-20250714-WA0076

नयाँ दिल्ली: भारतीय ब्याडमिण्टन आइकन साइना नेहवालले पति तथा साथी शट्लर पारुपल्ली कश्यपसँग अलग हुने घोषणा गरेकी छन्। लगभग एक दशकसम्म साथमा रहेपछि साइना र कश्यप १४ डिसेम्बर २०१८-मा विवाह बन्धनमा बाँधिएका थिए। यसरी विवाहको ७ सालपछि यस जोड़ीले अलग हुने फसेला गरेको छ। साइनाले एउटा सोशल मिडिया पोस्टको माध्यमले कश्यपसँग अलग हुने फसेलालाई सार्वजनिक गरेकी छन्। पति कश्यपसँग अलग हुने घोषणा गर्दै साइनाले लेखेकी छन्, जीवनले कहिले-काहीँ हामीलाई अलग-अलग दिशामा लैजान्छ। धेरै सोच-विचारपछि पारुपल्ली कश्यप र मैले अलग हुने फसेला गरेका छौं। हामीले एकार्काको निम्ति शान्ति, विकास र असल स्वास्थ्यलाई चयन गरेका छौं। म ती यादहरूका निम्ति आभारी छु अनि भविष्यको निम्ति केवल शुभकामना दिन सक्छु। भारतकी ३५ वर्षीय ब्याडमिण्टन स्टार साइनाले यस कठिन समयमा कश्यप र उनको निजतालाई बुझेर त्यसको सम्मान गरेकोमा प्रशंसकहरूलाई धन्यवाद दिएका छन्। उल्लेखनीय छ, साइनाले लण्डन ओलम्पिक २०१२-मा काँस्य पदक जितेकी थिइन्। तीनपल्ट ओलम्पिकमा हिस्सा लिइसकेकी साइना ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय ब्याडमिण्टन खेलाड़ी हुन्। कमनवेल्थ गेम्स २०१० र २०१८-की स्वर्ण पदक विजेता साइनाकी पति पारुपल्ली कश्यप पनि दिग्गज खेलाड़ी रहिसकेका छन्। ३८ वर्षीय कश्यपले २०१४-को कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए। उनी ओलम्पिकको क्वार्टर फाइनलमा पुग्ने पहिलो भारतीय पुरुष ब्याडमिण्टन खेलाड़ी हुन्। २०१३-मा उनले करियरको सर्वश्रेष्ठ छैटौं ऱ्याङकिंग हासिल गरेका थिए तर उनले आफ्नो करियरमा चोटसँग शुरुदेखि नै संघर्ष गर्नु पऱ्यो। खेल जगतमा उल्लेखनीय योगदानको निम्ति साइनालाई २००९-मा अर्जुन पुरस्कार र २०१०-मा राजीव गान्धी खेल रत्न पुरस्कारले सम्मानित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement