अल्काराजलाई पराजित गरी विम्बल्डनको ट्रफी जिते यानिक सिनरले

IMG-20250714-WA0071

लण्डन: स्पेनका युवा खेलाड़ी कार्लोस अल्काराज विम्बल्डनमा खिताबी ह्याट्रिक लगाउनदेखि चुके। अल्काराजले पुरुष एकलको ४ सेटसम्म चलेको फाइनलमा इटलीका यानिक सिनरविरुद्ध हारको सामना गर्नु पऱ्यो। सिनरले सेमिफाइनलमा २४ पल्टका ग्राण्ड स्ल्याम विजेता नोवाक जोकोविचलाई पराजित गरेका थिए। विश्वका नम्बर एक खेलाड़ी सिनर अल ईंग्ल्याण्ड क्लबमा पहिलोपल्ट च्याम्पियन बने। विम्बल्डन अघि सिनरले ३ वटा ग्राण्ड स्ल्याम खिताब जितेका थिए। यसपाली चाहिँ २३२ वर्षीय सिनरले गत २ पल्टका विजेता २२ वर्षीय अल्काराजलाई ४ सेटको फाइनल म्याचमा ४-६, ६-४, ६-४, ६-४-ले पराजित गरे। म्याचको पहिलो सेट गुमाएपछि पनि सिनरले धैर्य गुमाएनन्। त्यसपछि उनले अघिल्लो ३ वटा सेटमा स्पेनिश खेलाड़ीलाई अधिक मौका दिएनन्। सिनरको यो चौथो ग्राण्ड स्ल्याम खिताब हो। सिनरले सेप्टेम्बर २०२३-मा यूएस ओपनको खिताब जितेका थिए। त्यसपछि उनले २०२४ र २०२५-मा अष्ट्रेलियन ओपन जितेका थिए। ग्राण्ड स्ल्यामको इतिहासमा १७ सालपछि फ्रेञ्च ओपन र विम्बल्डनको फाइनल दुई समान प्रतिद्वन्द्वीहरू (सिनर र अल्काराज)-बीच खेलियो। यसअघि २००६, २००७ र २००८-मा फेडरर र नडालबीच यस्तो भएको थियो।


सिनरलाई विम्बल्डन फाइनल जितेपछि ब्रिटेनको शाही परिवारकी सदस्य तथा वेल्सकी राजकुमारी केट मिडलटनले ट्रफी दिइन्। सिनर र अल्काराजबीच फ्रेञ्च ओपनको फाइनलमा पनि ५ सेटको रोमाञ्चक लड़ाइँ भएको थियो। विम्बल्डनमा अल्काराजको असाधारण रेकर्ड रहेको छ। उनी यहाँ २४ वटा म्याचमा अजेय रहेर फाइनल खेल्न ओर्लिएका थिए तर सिनरविरुद्ध उनले यसपाली सफलता हासिल गर्न सकेनन्। अल्काराजले यस साल सिनरलाई पराजित गरी फ्रेञ्च ओपनको खिताब जितेका थिए। यस विम्बल्डन फाइनल अघि अल्काराजको ग्राण्ड स्ल्याम फाइनलमा रेकर्ड ५-० रहेको थियो तर यसपाली उनले सिनरविरुद्ध पहिलोपल्ट फाइनलमा हारको सामना गर्नु पऱ्यो। विम्बल्डनको फाइनल म्याच अघि यी दुई खेलाड़ीबीच १२ वटा म्याच खेलिएको थियो, जसमा अल्काराजले ८ वटा जितेका थिए तर यसपाली फाइनलमा विश्वका नम्बर एक खेलाड़ीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो रेकर्डमा सुधार गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement