म्याच जित्न १९३ रनको लक्ष्यलाई पीछा गर्दै भारतको ४ विकेटमा ५८ रन

IMG-20250714-WA0000

लर्ड्स: भारतलाई आइतवार ईंग्ल्याण्डविरुद्ध जारी सीरीजको तेस्रो टेस्ट म्याच जित्न १९३ रनको लक्ष्य हासिल भयो। जवाफमा भारतले चौथो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ४ विकेट गुमाएर ५८ रन बनायो। केएल राहुल ३३ रनमा अविजित छन्। भारतले आज यशस्वी जयसवाल, करुण नायर, कप्तान शुभमन गिल र नाइट वचम्यानको रूपमा खेल्न ओर्लिने आकाश दीपको विकेट गुमायो। यसमा यशस्वीले खाता पनि खोलेनन्। नायरले १४, गिलले ६ र आकाश दीपले १ रन बनाए। यसअघि भारतले आज स्पिनर वाशिंगटन सुन्दरको उत्कृष्ट बलिंगको दममा ईंग्ल्याण्डलाई दोस्रो ईनिंग्समा १९२ रनमा अलआउट गऱ्यो। यसरी भारतलाई १९३ रनको लक्ष्य हासिल भयो। म्याचमा ईंग्ल्याण्ड र भारत दुवैले आफ्नो पहिलो ईनिंग्समा ३८७–३८७ रन बनाएको थियो। आज ईंग्ल्याण्डको दोस्रो ईनिंग्सलाई २०० रनभित्र समेट्नमा स्पिनर सुन्दरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै ४ विकेट हासिल गरे। यसबाहेक जसप्रीत बुमराह र मोहम्मद सिराजले पनि २–२ विकेट लिए। ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा जो रुटले सर्वाधिक ४० रन बनाए। ईंग्ल्याण्डले आज शनिवारको स्कोर कुनै विकेट नगुमाइ २ रनदेखि अघि खेल्न शुरु गऱ्यो। ईंग्ल्याण्डले आज शुरुदेखि नै विकेट गुमाउन थाल्यो। बेन डकेट १२ रन र ज्याक क्रली २२ रन बनाएर आउट भए। ओली पोपले ४ रन र ह्यारी ब्रूकले २३ रनको योगदान दिए। यसरी केवल ८७ रनमा ४ विकेटको पतनपछि जो रुटले बेन स्टोक्ससँग मिलेर पाँचौं विकेटको निम्ति ६७ रनको पार्टनरशीप गरे। सुन्दरले रुटलाई आउट गरी पार्टनरशीप तोड्नको साथै ईंग्ल्याण्डले लगातार विकेट गुमाउन थाल्यो। स्टोक्सले ३३ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement