गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा हिजो ६४औं प्रि सुब्रतो कप इन्टरनेशनल फुटवल प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। विशेष गरेर १५ र १७ वर्ष भन्दा कम उमेरका पुरूषवर्गलाई लिएर आयोजित फाइनल खेलमा राज्यका खेलकूद एवम युवा मामिला विभागका अतिरिक्त निर्देशक डा. आरबी विश्वकर्मा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा संयुक्त निर्देशक सोनम पाल्जर भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।
यस प्रतियोगिता अन्तर्गत १५ वर्ष भन्दा कम उमेरमा टाशी नामग्याल एकदमीले उत्कृष्ट प्रदर्शन गऱ्यो। सोही टोलीका एक खेलाडीले हेडरको माध्यमद्वारा गोल गर्दै टोलीलाई अघि बढायो। यसरी नै प्रशान्ति विद्या मन्दिर माध्यमिक विद्यालले आत्मघाती गोल गर्दा हाफ टाइममा स्कोर ३-० बन्यो।
दोस्रो हाफमा, टीएनएले थप चार गोल गर्दै खेलको अन्त्यमी शुन्यकोविरूद्ध सात गोल गर्दै जीत हासिल गऱ्यो। सोही प्रकारले १७ वर्ष भन्दा कम उमेरका प्रतियोगिता टीएनए बनाम मोर्डन वरिष्ठ माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो जसमा टीएनएले शून्यकोविरूद्ध १३ गोल गरेर पूर्व सुब्रोतो मुखर्जी फुटबल प्रतियोगिताको नेतृत्व गर्ने तय भएको छ।