दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीग मा आइतवार २ वटा रोमाञ्चक म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको म्याच (जिग्मी दोर्जे भूटिया मेमोरियल फर्ष्ट डीविजन लीग)-मा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले बड़ा काकझोड़ा युनाइटेड क्लब विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचको एकमात्र गोल आत्मघाती गोल (ज्योति छेत्री) रह्यो। दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान मेमोरियल प्रीमियर डीविजन लीग)-मा भा तकभर युनाइटेड एफसी-ले हर्सिंग फूटबल क्लबविरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल थुप्देन तामाङले गरे।