गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु

IMG-20250713-WA0090

नयाँ दिल्ली: गाजाका आपतकालीन सेवा अधिकारीले आइतबार मध्य गाजामा पानी संकलन गर्ने क्रममा इजरायली हवाई आक्रमणमा ६ बालबालिकासहित १० जनाको मृत्यु भएको बताएका छन्।
अस्पतालका एक डाक्टरले मृतकको शव नुसेरातको अल–अवदा अस्पताल ल्याइएको बताए। डाक्टरका अनुसार अस्पतालमा १६ जना घाइतेको पनि उपचार भइरहेको छ। यसमा सात बालबालिका पनि छन्।
प्रत्यक्षदर्शीले हवाई हमला अल–नुसैरत शरणार्थी शिविरमा पानीको ट्याङ्कर नजिकै खाली क्यान लिएर लाइनमा उभिएका भीडमा भएको थियो।
यसबाहेक गाजlमा नागरिक रक्षा एजेन्सीले आइतबार मध्य गाजा र गाजा शहरका तीन आवासीय भवनमा भएको आक्रमणमा १९ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।
यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिणी गाजामा रहेको रफाह फिल्ड अस्पतालमा विगत ६ हप्तामा अघिल्लो १२ महिनाको तुलनामा धेरै घाइतेको उपचार गरेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement