जीटीएले उपन्यासकार प्रकाश कोविद अनि लोक गायिका हिरादेवी वाइबाको स्मृतिमा पुरस्कार दिने घोषणा

IMG-20250713-WA0086

दार्जीलिङ: जीटीएले अर्कोपालीदेखि दुईवटा नयाँ पुरस्कारहरु पनि प्रदान गर्ने घोषणा गरेको छ। चर्चित उपन्यासकार प्रकाश कोविद अनि लोक गायिका हिरादेवी वाइबाको स्मृतिमा पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीए-ले थप दुईवटा नागरिक सम्मान पुरस्कार शुरु गर्ने भएको छ। २११औं भानु जयन्ती समारोहअवधि मिडियालाई सम्बोधन गर्दै सूचना तथा सांस्कृतिक विभागीय सभासद अनोश थापाले उक्त घोषणाको पुष्टि गर्दै २० अगस्तदेखि शुरु भाषा दिवस पालना विविध कार्यक्रमको साथ ३१ अगस्तसम्म मनाइने उनले थप जनाए।‌ यसबीच पूर्व घोषणा अनुसार २११औं भानु जयन्तीको अवसर पारेर जीटीए सभाद्वारा ज्येष्ठ साहित्यकार तथा समालोचक नन्द हाङखिमलाई भानु पुरस्कार प्रदान गरियो। जीटीए सूचना एवं सांस्कृतिक विभागको तत्वावधानमा आयोजित कार्यक्रमको अवसरमा पत्रकार प्रमोदलाई गिरी पाद्री गङ्गा प्रशाद प्रधान, नाट्य कलाकार टेकबहादुर बराइलीलाई डीबी परियार, सिद्धार्थ राईलाई जी डगलस अनि दिवङ्गत पञ्चरत्न प्रधानलाई धनवीर मुखिया स्मृति पुरस्कार प्रदान गर्दै नागरिक सम्मान जनाइयो।
आईतवार गोर्खा रङ्गमञ्च भवनमा पालन गरिएको भानु जयन्ती समारोहमा जीटीए प्रमुख अनित थापाको साथ अन्य सभासद अनि विभागीय अधिकारीहरु उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement