साहित्य कला संस्थान् तीनधारेको आयोजनामा २११औं भानु जयन्ती समारोह सम्पन्न

IMG-20250713-WA0070

तीनधारे: साहित्य कला संस्थान् तीनधारेको आयोजनामा तीनधारेमा २११औं भानु जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको महात्मा गान्धी हलमा सम्पन्न उक्त भानु जयन्ती समारोहलाई साहित्य कला संस्थान् तीनधारेको सभापति रञ्जनकुमार रसाइलीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका रञ्जना प्रधान उपस्थित रहेका थिए। गीतकार सुकुमार बराईलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थान् तीनधारेको मूल सचिव सन्तोष लामाले राखेका थिए। आदि कवि भानुभक्त आचार्यको तस्वीरमा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका‌ बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा रामायण पाठ गैरी गाउँका‌ युवाहरुले पठन गरेका थिए।‌ कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, सारथी स्वनिर्भर दल, ग्राम कल्याण समिति क्रिकेट बजार, रिगल एकाडेमी, गैरी गाउँ आदिद्वारा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सेवान छेत्री र सृष्टि सुनारले कविता वाचन गरेका थिए भने स्नेह बरदेवाले लेख प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका रञ्जना प्रधानले आफ्नो सम्बोधनमा साहित्य कला संस्थान् तीनधारेले असल र सफल समाज निर्माणको लागि यस्ता कार्यक्रमहरु आयोजना गरिरहेको र यस्ता कार्यक्रमहरुमा‌ विद्यार्थी नानीहरुको सहभागिता महत्वपूर्ण हुने बताएकी छन्। उनले आदि कवि भानुभक्त आचार्यले हाम्रो भाषा र संस्कृतिलाई उच्च स्थानमा पुराएको बताउँदै आदि कवि भानुभक्त आचार्यलाई श्रध्दाञ्जली अर्पण गरेकी छन्।

उनले यस्तो कार्यक्रमहरु हुन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरुबाट नानीहरुले नैतिक शिक्षा सिक्ने बताएकी छन्। प्रमुख अतिथि रञ्जना छेत्रीले आजको समाजमा संस्कार हराएर गएको बताउँदै नानीहरुलाई नैतिक शिक्षा आवश्यक रहेको बताएकी छन्। कार्यक्रममा सभाध्यक्ष रञ्जनकुमार रसाइलीले वक्तव्य राखेका थिए।

About Author

Advertisement