घैयाबारी नेताजी हाई स्कूलमा २११औं भानु जयन्ती पालन

IMG-20250713-WA0080

तीनधारे: घैयाबारी नेताजी हाई स्कूलमा २११औं भानु जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम स्कूलका प्रधान अध्यापक दिनेस प्रधान को अध्यक्षतमा सम्पन्न गरियो।कार्यक्रमलाई सह-शिक्षक नयन खातीले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्कूल सञ्चालन समितिका सभापति केवल राई, शिक्षा अनि खेलकूद विभागका कर्माध्यक्ष दावा वाङ्दी लामाको विशेष उपस्थिति रहेको थियो।घैयाबारी नेताजी प्राथमिक पाठशालाका प्रधान अध्यापक बिजय गुरूङ, सह-शिक्षकहरु पनि विशेष उपस्थिति रहेका थिए भने कार्यक्रममा अभिभावक पनि उपस्थिति रहेका थिए।कार्यक्रममा आदि कवि भानुभक्त आचार्यको तस्वीरमा अतिथिहरु साथै शिक्षक-शिक्षिकाहरुले दिप प्रज्वलन साथै खदा माला लगाई कार्यक्रमको शुरुवात गरे। कार्यक्रममा स्वागत नृत्य नवौँ श्रेणीका छात्रा आकृति दर्जीले गरेका थिए। यसरी नै नानीहरुले कार्यक्रममा आदि कवि भानु भक्त आचार्यको जीवनी, नृत्य, नाटक मञ्चन, कविता वाचन, भानुभक्तप्रति समर्पित सामुहिक गीत आदि प्रस्तुत गरेका थिए। कार्यक्रमलाई कर्माध्यक्ष दावा वाङ्दी लामाले सम्बोधन गर्दै उपस्थित सम्पूर्णलाई भानु जयन्तीको बधाई दिए।

अन्त्यमा स्कूलका प्रधान अध्यापक दिनेस प्रधानले कार्यक्रमलाई सम्बोधन गर्दै हामीले हाम्रो जातिय लेखक अनि हाम्रो संस्कृति,भाषा र साहित्य लाई कहिले बिर्सिनु हुदैँन ।यसलाई हामी सबैले माया गर्नुपर्छ,हाम्रो भाषा,हाम्रो भेष-भूषा र हाम्रो साहित्य हाम्रो गौरव अनि पहिचान हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement