सोनादा: सोनादा ग्रामीण पुस्तकालयको आयोजनामा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम एलके गुरूङको सभापतित्वमा अनि प्रमुख अतिथिको रूपमा भूषण शेर्पा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रुपमा सोनादा ग्रामीण पुस्तकालयका उप सभापति बुद्ध संगम, सचिव देवकुमार प्रधान, कोषाध्यक्ष रामराज राई, ग्रामीण पुस्तक प्रभारी दोर्जे शेर्पा लगायत सुमन सेवा साथै धेरै मात्रामा सोनादा संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले रामायण पाठ गरेका थिए। त्यसरी नै सोनादा उच्चत्तर माध्यमिक विद्यालय, ग्रिन हिल अंग्रेजी स्कूल साथै शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालायका छात्र, छात्राहरूले कविता वाचन गरेका थिए। उक्त कार्यक्रम नरेन्द्र लामाले सञ्चालन गरेका थिए।