बर्मिंघम: भारतीय महिला क्रिकेट टीमले पाँचौं तथा अन्तिम टी२० इण्टरनेशनल म्याचमा आयोजक ईंग्ल्याण्डविरुद्ध अन्तिम बलमा ५ विकेटले हारको सामना गर्नु पऱ्यो। म्याच हारे पनि भारतले ५ वटा म्याचको सीरीज ३-२-ले जित्यो। यो भारतीय महिला टीमको ईंग्ल्याण्डमा पहिलो टी२० सीरीज जीत हो। एजबेस्टन मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ओपनर शेफाली वर्माकी अर्द्धशतकको सहायताले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो। शेफालीले ४१ बल खेलेर १३ वटा चौका र एउटा छक्काको साथ ७५ रन बनाइन्। फर्ममा रहने स्मृति मन्धना (८) र जेमिमा रोड्रिग्स (१) शुरुमै आउट भए पनि शेफालीले आत्मविश्वासको साथ रन बनाइन्। भारतको निम्ति विकेटकीपर रिचा घोषले दोस्रो सर्वाधिक २४ रन बनाइन्। यसबाहेक कप्तान हरमनप्रीत कौरले १५ र राधा यादवले १४ रनको योगदान दिइन्। ईंग्ल्याण्डकी बलरहरूमा चार्ली डीनले सर्वाधिक ३ विकेट हासिल गरिन्। त्यसपछि ईंग्ल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १६८ रनको लक्ष्यलाई हासिल गऱ्यो। ईंग्ल्याण्डलाई सोफिया डंकले र डेनी वायट-हजकी ओपनिंग जोड़ीले १०१ रनको पार्टनरशीप गरी असल शुरुवात दिलाए पनि यी दुईजना आउट भएपछि टीम दबाउमा आएको थियो। भारतीय स्पिनरहरूले उत्कृष्ट प्रदर्शन गरे पनि टीमलाई जीत दिलाउन सकिनन्। ईंग्ल्याण्डको निम्ति वायट-हजले ९ वटा चौकाको साथ ३७ बल खेलेर सर्वाधिक ५६ रन बनाइन्। यसरी सोफिया डंकलेले ३० बलमा ३ वटा चौका र एउटा छक्काको साथ ४६ रन बनाइन्। कप्तान टेमी ब्यूमोण्टले ३० रनको योगदान दिइन्। भारतीय बलरहरूमा दीप्ति शर्मा र राधा यादवले २-२ विकेट हासिल गरिन्।