नीरज र अरशदबीच ओम्पिकपछि पहिलोपल्ट भिड़न्तको तयारी शुरु

1752396565499

नयाँ दिल्ली: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा र ओलम्पिक च्याम्पियन पाकिस्तानका अरशद नदीमबीच पेरिस ओलम्पिकपछि फेरि एकपल्ट भिड़न्त हुनेछ। नीरज र अरशदले १६ अगस्तमा पोल्याण्डको सिलेसियोमा हुने डायमण्ड लीगमा एकार्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। गत वर्ष पेरिस ओलम्पिकमा अरशदले स्वर्ण र नीरजले रजत पदक जितेका थिए। पेरिस ओलम्पिकमा अरशदले ९२.९७ मीटरको थ्रो गरेका थिए। यसरी नीरज ८९.४५ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थानमा रहेका थिए। यस सीजनमा नीरज असाधारण फर्ममा रहेका छन् अनि उनले दोहा डायमण्ड लीगको अवधि ९० मीटरभन्दा अधिकको थ्रो पनि गरिसकेका छन्। नीरजले हालै उनी नियमित रूपमा ९० मीटरभन्दा अधिकको थ्रो गर्नमा ध्यान केन्द्रित गरिरहेको अनि आफ्नो खेलमा सुधार गर्ने काम शुरु गरेको बयान दिएका थिए। वर्ल्ड एथलेटिक्सले बताएअनुसार, नीरज र अरशदले सिलेसिया डायमण्ड लीगमा पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। सिलेसिया डायमण्ड लीगका आयोजकहरूले पनि नीरज र अरशदबीच प्रतिस्पर्धाको पुष्टि गर्दै यो भारतीय सुपरस्टारको निम्ति हिसाब बराबर गर्ने पहिलो अवसर हुन सक्ने बताएको छ। नीरज हालै ९० मीटरको वाधा पार गर्ने विश्वका २६औं ज्याभलिन थ्रो खेलाड़ी बनेका थिए। उनले मईमा दोहा डायमण्ड लीगमा ९०.२३ मीटरको थ्रो गरी रजत पदक जितेका थिए। नीरजले यस सत्रमा पेरिस डायण्ड लीग र नीरज चोपड़ा क्लासिकको खिताब जितिसकेका छन् जबकि दोहामा उनी दोस्रो स्थानमा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement