साउथफिल्ड कलेज दार्जिलिङमा भानु जयन्ती सम्पन्न

1752396491017

दार्जिलिङ: २११औं भानु जयन्तीको पावन अवसरमा आज साउथफिल्ड कलेज दार्जिलिङमा नेपाली विभागमा भानु जयन्ती पालन गरियो। विभागाध्यक्ष प्रा. निरज राईको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रा. डा. महेश प्रधानले भानुभक्त आचार्य अनि रामायण विषय सारगर्भित सम्भाषण प्रस्तुत गरे। कार्यक्रममा नेपाली विभाग तेस्रो सत्रकी विद्यार्थीवर्गद्वारा रामायण पाठ गरेका थिए। प्रा. निरज राईले आफ्नो अध्यक्षीय वक्तव्यमा भानुभक्तको हाम्रो समाजमा महत्त्वबारे जानकारी गराउँदै भानुभक्त आचार्यको रामायण लगायत सम्पूर्ण काव्यहरूको अध्ययन गर्नपर्ने जनाए।

प्रा. सदीप प्रधानद्वारा सञ्चालित यस कार्यक्रममा साउथफिल्ड कलेज नेपाली विभागकी प्राध्यापिका अल्का शर्मा लगायत तेस्रो र पाँचौ सत्रका विद्यार्थीवर्गको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement