राहुलको शतकले भारतको पहिलो ईनिंग्समा ३८७ रन

IMG-20250713-WA0012

लर्ड्स: भारतले लर्ड्समा जारी तेस्रो क्रिकेट टेस्ट म्याचमा आयोजक ईंग्ल्याण्डमाथि दबाउ कायम राख्यो। भारतले म्याचको तेस्रो दिन शनिवार आफ्नो पहिलो ईनिंग्समा ३८७ रन बनायो। ईंग्ल्याण्डले पनि आफ्नो पहिलो ईनिंग्समा ३८७ रन नै बनाएको हुनाले आयोजक टीमले पहिलो ईनिंग्सको आधारमा कुनै बढ़त हासिल भएन। त्यसपछि ईंग्ल्याण्डले शनिवार खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा कुनै विकेट नगुमाइ २ रन बनायो। दोस्रो दिनको स्कोर ३ विकेटमा १४५ रनदेखि अघि खेल्दै आज बिहानको सत्रमा राहुल र पन्तले भारतलाई असल शुरुवात दिलाए। यी दुईजनाले मिलेर चौथो विकेटको निम्ति १४१ रनको पार्टनरशीप गरे। आफ्नो चीरपरिचित मिजासमा ब्याटिंग गरिरहेका पन्त ७४ रन बनाएर रनआउट भए। उनले ११२ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाए। पन्तको लगत्तै पछि राहुल पनि शतक पूरा गर्नको साथै आउट भए। राहुलले १७७ बल खेलेर १३ वटा चौकाको साथ १०० रन बनाए। यसरी २५४ रनमा पाँचौं विकेटको पतनपछि जडेजाले नीतीश कुमार रेड्डीसँग मिलेर स्कोरलाई अघि बढ़ाए। यी दुईजनाले मिलेर छैटौं विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरे। रेड्डी ९१ बल खेलेर ४ वटा चौकाको सहायताले ३० रन बनाएर बेन स्टोक्सको शिकार बने। त्यसपछि भारतको निम्ति जडेजा र सुन्दरले लड़ाईं जारी राखे। जडेजा र सुन्दरले मिलेर सातौं विकेटको निम्ति ५० रन जोड़े। आत्मविश्वासको साथ खेलिरहेका जडेजा ७२ रन बनाएर आउट भए। उनले १३१ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। जडेजा आउट भएपछि भारतको पहिलो ईनिंग्स समाप्त हुन अधिक समय लागेन। वाशिंगटन सुन्दरले २३ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा क्रिस वोक्सले सर्वाधिक ३ विकेट लिए। यसबाहेक जोफ्रा आर्चर र बेन स्टोक्सले २-२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement