चामोंग एफसी र संकटा एफसी-को जीत

photocollage_202571303111666

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा शनिवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको म्याच (जिग्मी दोर्जे भूटिया मेमोरियल फर्ष्ट डीविजन लीग) मा चामोंग एफसी ले युनाइटेड रिषिहाट एफसी-विरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट शेकर राईले ४ गोल गरे। यसबाहेक साहिल गुरुङले २ गोल गरे। प्रज्वल थापा, बिशेष थापा, अवज थापा, नोरसांग शेर्पा र अभिजेश थापाले १-१ गोल गरे। दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान मेमोरियल प्रीमियर डीविजन लीग) मा संकटा एफसीले सेण्ट रोबर्ट्स स्कूल विरुद्ध ४-३ ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुजल राई, अनमोल राई, सदीप दर्जी र प्रतीक तामाङले १-१ गोल गरे। यसरी सेण्ट रोबर्ट्स स्कूलको तर्फबाट अनमोल ठाकुरी र गौरव शर्माले गोल गरे। अन्य एउटा गोल आत्मघाती रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement